नियम ८३
पारिवारिक निवृत्तभरण र उपदान

(१) कुनै सैनिक व्यक्तिको सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई नियम ७९ वा ८० मा लेखिए बमोजिम उपदान वा निवृत्तभरण प्राप्त हुनेछ । तर निवृत्तभरणको हकमा यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको सैनिक व्यक्तिको परिवारलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने व्यक्ति नावालक रहेछ भने निज अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तभरण पाउनेछ ।
(३) सैनिक व्यक्तिको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छदैं वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि भुक्तान भएको मितिले र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तभरणको आधा रकम पाउनेछ ।
(४) कुनै सैनिक व्यक्तिको यस नियमावली बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरू मध्ये यस नियमावली बमोजिम निजको निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(५) निवृत्तभरण वा उपदान दिंदा मृतक सैनिक व्यक्तिले कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि इच्छाएको नभए सो रकम निजको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठह¥याएको व्यक्तिलाई दिनेछ ।
(६) आफ्नो कर्तव्य पालन गर्दा कुनै सैनिक व्यक्तिको मृत्यु भएमा निजको सेवा अवधि जति सुकै वर्ष पुगेको भए तापनि मृतक सैनिक व्यक्तिको परिवारको सबैभन्दा नजिकको व्यक्तिलाई त्यस्तो सैनिक व्यक्तिले खाइपाई आएको तलबको आधा रकम पारिवारिक निवृत्तभरण र देहाय बमोजिम पारिवारिक उपदान समेत दिइनेछ ः–
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्षदेखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको नौ महिनाको तलब बराबरको रकम,
(ग) बीस वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम ।
(७) कुनै सैनिक व्यक्तिको जङ्गी कारबाही वा सेना परिचालन भएको बखत आकस्मिक दुर्घटना परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा त्यस्तो सैनिक व्यक्तिलाई मरणोपरान्त एक तह माथिको पदमा बढुवा गरी सोही पद अनुसारको पूरा तलब निजको परिवारलाई त्यस्तो सैनिक व्यक्तिको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म दिइनेछ । यसरी पूरा तलब पाउने अवधि व्यतित भएपछि मृतक सैनिक व्यक्तिको सेवा अवधि: निवृत्तभरण पाक्ने अवधिभन्दा कम भएमा निवृत्तभरण पाकेको अवधि सरह र निवृत्तभरण पाक्ने अवधिभन्दा बढी भएमा सोही: बमोजिम मृतक सैनिक व्यक्तिको परिवारले निबृतभरण पाउनेछ ।
(८) उपनियम (६) र (७) बमोजिम उपदान र पारिवारिक निवृत्तभरण मृतक सैनिक व्यक्तिको पति वा पत्नी, बाबु, आमा भए आजीवन र छोरा, छोरी भए एक्काईस वर्षको उमेर पुरा गरेको वा सरकारी सेवा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।
(९) बहालवाला सैनिक व्यक्तिको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम यस नियम अनुसार पारिवारिक निवृत्तभरण पाई रहेका व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।
(१०) यस नियमावली बमोजिम निवृत्तभरण पाई रहेका कुनै सैनिक व्यक्तिको विधुर पति वा विधवा पत्नीले अर्को विवाह गरेमा निवृत्तभरण प्राप्त हुनेछैन ।
(११) उपनियम (७) बमोजिम सैनिक व्यक्तिको पति वा पत्िको पारिवारिक निवृत्तभरण उपभोग गरिरहेको अवस्थामा मृत्यु भएमा निजले खाइपाइ आएको पारिवारिक निवृत्तभरण निजको छोराछोरी भएमा जतिजना छोराछोरी छन्‌ सबैले दामासाहीले भाग गरी एक्राईस वर्ष उमेर पूरा नभएसम्म पाउने र एक जनाको उमेर एक्वाईस वर्ष पूरा भएपछि निजले पाउँदै आएको निवृत्तभरण क्रमशः पछिको भाईबहिनीहरुमा थपिदै जानेछ ।
(१२) उपनियम ।१०)-मा जुनसुकै करा लेखिएको भए तापनि निवृत्तभरण पाइरहेका कनै सैनिक व्यक्तिको विधुर पति बा विघबा पत्नीले अर्को विबाह गरेमा त्यस्तो सैनिक व्यक्तिको नाबालिग सन्तानले “बालिग नभएसम्म त्यस्तो निवत्तभरणको रकम तोकिए बमोजिम पाउनेछ ।
(१३) यो नियम लागू हुनु पूर्व उपनियम ।७) बमोजिम सैनिक व्यक्तिको परिवारले खाडपाई आएको निवृत्तभरण नघट्ने गरी यस नियममा उल्लेख भए बमोजिमको सुविघ्या प्रदान गर्नु पनेछ ।
(१४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अन्य देशको नागरिकता लिएको बा अन्य देशमा स्थायी बसोबासको अनुमति प्राप्त गरेको व्यक्तिले यस नियम बमोजिमको पारिवारिक तिवत्तभरण तथा उपदान प्राप्त गर्ने छैन ।